Saturday, January 16, 2021

सरकार र मिल मालिक मिलेमतोको शिकार उखु किसानः रामचन्द्र पौडेल

प्रकाशित मिति: 2020/12/14

मंसिर २९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन । बक्यौता नपाएपछि उखु किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन । नेता पौडेलले उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएकोले माग पूरा गरिदिन आग्रहसमेत गरेका हुन । पौडेलले सोमबार बिहान ट्वीट गर्दै मिल मालिक र सरकारमा रहेकाहरूको मिलेमतो र लापरवाहीको सिकार किसानहरू परेको पनि आरोप लगाएका छन ।

 

तपाईंको बिचार