Wednesday, January 20, 2021

कृषि मल सम्झौताका लागि कृषि मन्त्रालयका पदाधिकारी भोली बंगलादेश जाँदै

प्रकाशित मिति: 2020/12/14

मंसिर २९, काठमाण्डौ । नेपाल सरकारले बंगलादेशबाट मल ल्याउने भएको छ । जिटुजी मार्फत उक्त मल ल्याउन लागिएको हो । सम्झौताको लागि भोलि नै कृषि सामाग्री कम्पनीका प्रतिनिधि बंगलादेश जान लागेको कृषि मन्त्रालयका सचिव यागेन्द्र कार्कीले बताए । उनकाअनुसार सम्झौता भएको १५ दिन पछि नेपाल मल भित्रन सुरू हुनेछ । सरकारले जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल ल्याउने भएको हो । सो परिमाणको मलले आगामी असारमा धानमा टप ड्रेसिङ गर्नसम्म पुग्ने सचिव कार्कीले बताए । 

   

तपाईंको बिचार