Friday, January 22, 2021

तोलामा आठ सयले बढ्यो सुनको भाउ

प्रकाशित मिति: 2020/12/16

पुस १, काठमाडौं । सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ । सुनको धेरै मात्रामा खपत हुने मंसिर महिना सकिने बित्तिक्कै सुनको भाउ बढेको हो । तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधबार १२ सय ३० रुपैयाँ कायम भएको छ ।

तपाईंको बिचार