Saturday, January 16, 2021

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति: 2020/12/16

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको छ । स्थायी कमिटी बैठक अगाडि ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । दुई अध्यक्षको भेट जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भेट लगतै स्थायी कमिटी बैठक बस्नेछ । गएको मंसिर २१ बाट सुरु भएको बैठकमा पार्टी विवादबारे छलफल सुरु गर्ने तयारी छ । तर, सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि छलफलको विषय थपिएको छ । प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । प्रचण्ड–नेपाल पक्षका नेताहरुले अध्यादेश फिर्ताको माग गरिसकेकाले आजको स्थायी कमिटी बैठक त्यसैमा केन्द्रीत हुने सम्भावना बढी छ ।

 

तपाईंको बिचार