Thursday, January 21, 2021

प्रचण्डलाई ओलीको फोन : शीतल निवास पु¥याएको हस्ताक्षर फिर्ता ल्याउनुस्

प्रकाशित मिति: 2020/12/16

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ । नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेका छन् । उनले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पु¥याइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गरेका छन् । जवाफमा प्रचण्डले पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुस् भनेका छन् । स्रोतका अनुसार फोनमै दुई नेताबीच केहीबेर भनाभन भएको थियो । त्यसपछि अहिले दुई नेता छलफलमा जुटेका छन् ।

तपाईंको बिचार