Thursday, January 21, 2021

संसदको विशेष अधिवेशन माग्दै नेकपा सांसद शीतलनिवासमा

प्रकाशित मिति: 2020/12/16

१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल लगायत राष्ट्रपति कार्यालय पुगेका थिए । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा  बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् ।   आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

तपाईंको बिचार