Sunday, January 24, 2021

नेकपा अन्र्तसंघर्ष : ओली स्थायी कमिटी बैठकमा गएनन, प्रचण्ड पुगे बोलाउन

प्रकाशित मिति: 2020/12/16

पुस १, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्न ढिला भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेल छलफलमा बसेका छन । एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष उपस्थित नभएपछि फेरि अध्यक्षद्वयले विष्णु पौडेललाई राखेर छलफल गरेका हुन । एक घन्टा अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । छलफलपछि प्रचण्ड स्थायी कमिटी बैठकस्थलमा पुगेका थिए । तर, ओली बैठकमा नआएपछि पुनः प्रचण्ड उनीसँग छलफल गर्न निस्किएका हुन । मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन । आज बस्ने बैठकमा सरकारले मंगलवार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको थियो । प्रचण्ड नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन । यसैबिच स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसाल सहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका छन ।

तपाईंको बिचार