Saturday, January 23, 2021

वर्ल्ड हेल्थ अवार्डबाट नेपालका दुई चिकित्सक सम्मानित

प्रकाशित मिति: 2020/12/18

३ पुस, काठमाडौं । यो वर्षको वर्ल्ड हेल्थ अवार्ड डाक्टर पशुपति महत र डाक्टर अरुण राज कुँवरलाई प्रदान गरिने भएको छ । स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यका प्रदान गरिने यो अवार्ड मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका चिकित्सकलाई प्रदान गर्ने निर्णय गरेको हो । डाक्टर महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुन् भने डाक्टर कुँवर नेपालको पहिलो बाल साइक्याट्रिक हुन् । कुँवरले कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटको नेतृत्व गरिरहेका छन् । वर्षमा एक पटक दिइने यो अवार्ड स्वास्थ्य क्षेत्रमा प्रभाकारी काम गर्ने चिकत्सकहरुलाई दिइन्छ । नेपालको चिकित्सकले यो अवार्ड पहिलो पटक पाएका हुन् ।

तपाईंको बिचार