Saturday, January 23, 2021

अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

प्रकाशित मिति: 2020/12/18

३ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन पनि माग गरेको छ । कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक खाँडले भने, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो ।’

तपाईंको बिचार