Wednesday, January 27, 2021

सुनको भाउ तोलामा ८ सयले बढ्यो

प्रकाशित मिति: 2020/12/18

३ पुष, काठमाडौं । सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ । बुधबार पनि सुनको भाउ चार सय रुपैयाँले बढेको थियो ।

तपाईंको बिचार