Monday, January 18, 2021

ओलीको कदमले गणतन्त्रका मूल्यमान्यता समाप्त पार्नेछ : वामदेव गौतम

प्रकाशित मिति: 2020/12/20

५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताएका छन् । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्नु गलत र भत्र्सनायोग्य रहेको गौतमले बताएका हुन् । आइतबार प्रेस नोट जारी गर्दै उनले भनेका छन्, ‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने छ ।’

तपाईंको बिचार