वैशाखमा चुनाव हुनेवाला छैनः बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन । सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मिति समेत तोकेको थियो । देश अँध्यारो सुरूङमा फसिसकेको भट्टराईको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भंग गरेका थिए । सोमबार ट्वीट गर्दै भट्टराईले सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने बताएका हुन ।
तपाईंको बिचार