Thursday, January 21, 2021

संसद विघटन प्रतिगामी कदम हो : बादल समुह

प्रकाशित मिति: 2020/12/21

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको एउटै स्वर थियो, ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’ जवाफमा बादलले भने परामर्श गरेर निर्णय दिन्छु भनेको एक नेताले जानकारी दिए ।

तपाईंको बिचार