Monday, January 18, 2021

संसदीय दलमा ओलीको बहुमत छैन, अब नेता मान्न सकिदैन : माधव नेपाल

प्रकाशित मिति: 2020/12/21

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् । संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए ।   प्रधानमन्त्रीले गरेको असंवैधानिक प्रश्ताब राष्ट्रपतिले स्वीकार गर्नु खेदजनक भएको समेत उनले बताए ।  असंवैधानिक निर्णयको प्रतिवादका लागि संवैधानिक र राजनीतिक उपायहरु खोजिने उनले बताए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका बहुमत सदस्य बहुमत संसद विघटनको विपक्षमा रहेकोले संसदिय दलको नेताको रुपमा पार्टीले नमान्ने बताए ।

तपाईंको बिचार