Monday, January 18, 2021

वामदेव निवास पुगे माधव, झलनाथ र नारायणकाजी

प्रकाशित मिति: 2020/12/22

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् । गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए । विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् । यसअघि भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको समूहमा थिए । तर, गुटभेलामा भने सहभागी नहुने अडान लिएका छन् । कतै पनि सहभागी नभएका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न मंगलबार बिहान प्रचण्ड पुल्चोक पुगेका थिए ।

 

तपाईंको बिचार