Thursday, January 28, 2021

नेकपा ओली समूहको दाबी : हामी वैधानिक हौं

प्रकाशित मिति: 2020/12/22

७ पुस, काठमाडौं । नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्डमाधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ । आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’ पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ । उनले नेकपा विभाजित नभई एकताबद्ध भएको दाबीसमेत गरे ।

तपाईंको बिचार