नेकपा पुर्नगठन भएको ओली पक्षको पत्र निर्वाचन आयोगमा दर्ता
पुस ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले पुर्नगठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुर्नगठनको निर्णय गरेको थियो । निर्वाचन आयोगका दिनेशकुमार थपलियाले एक घण्टा अघि पत्र दर्ता भएको जानकारी दिए । ’एक घण्टा अघि केन्द्रीय कमिटीको पुर्नगठनसँग सम्बन्धित पत्र दर्ता भएको छ’, थपलियाले भने, ’विधान संशोधन र केन्द्रीय समिति संख्या हेरफेर लगायतका विषयमा पनि कागजपत्र ल्याउँदै छौँ भनेर भन्नु भएको छ । उनले आयोगले पत्रको विवरण अहिले खोलेर नहेरेको पनि बताए ।
तपाईंको बिचार