Saturday, January 23, 2021

ओलीलाई हटाएर माधब नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड नेपाल पक्षको निर्णय

प्रकाशित मिति: 2020/12/22

पुस ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधब नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने  र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए । नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए ।

 

तपाईंको बिचार