Saturday, January 23, 2021

संसद पुर्नस्थापना गर्न माग गर्दै ४ सांसदद्धारा सर्बोच्चमा रिट दायर

प्रकाशित मिति: 2020/12/22

पुस ७, काठमाण्डौ । संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका ४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन । नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेको सांसद  कृष्णभक्त पोखरेलले जानकारी दिए । उनले नेकपाका सांसदको रिट तयार गरेका हुन । यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो । तर सबैको नागरिकता लगायतका आवश्यक डकुमेन्ट भेला गर्न गाह्रो भएकाले चार जनाले मात्र रिट दिएको सांसद पोखरेलले बताए । अधिवक्ता गोविन्द बन्दीका अनुसार ९० जनाले रिटमा समर्थन गरेर हस्ताक्षर भने गरेका छन । रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै अझै संसद जीवित रहेको आदेश गर्न सर्वोच्चसमक्ष माग गरिएको छ ।

 

तपाईंको बिचार