Tuesday, January 26, 2021

सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रचण्ड नेपालको तयारी

प्रकाशित मिति: 2020/12/24

पुस ९, काठमाण्डौ । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ । एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए । पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा पाण्डेलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । उक्त समूहको बैठक दिउँसो १ बजे राजधानीमा बस्दैछ । महासचिवका लागि  भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि  चर्चामा थियो ।

उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले  महासचिवमा भीम रावलको नाम अघि सारेका थिए भने अर्का अध्यक्ष प्रचण्डले भने  वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेका थिए ।   नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने पाण्डेलाई महासचिव बनाउन चाहेका छन ।

 

तपाईंको बिचार