Thursday, January 21, 2021

सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल

प्रकाशित मिति: 2020/12/25

१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन् । २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर र नेताहरुसहित निर्वाचन आयोग पुगेर अध्यक्ष नेपालले संविधान र कानूनका आधारमा आफूले वैधानिकता पाउने बताए ।  

तपाईंको बिचार