Sunday, January 24, 2021

उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड माधव समूहको दाबी

प्रकाशित मिति: 2020/12/27

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड(माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड नेपाल पक्षको योजना छ । युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुने छ । १४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष सापकोटाले जानकारी दिए । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड माधव समूहले १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

 

तपाईंको बिचार