Friday, January 22, 2021

चुनाव घोषणाको नाटक गरेर ओलीले मन्त्रिपरिषद विस्तार गरेः बाबुराम भट्टराई

प्रकाशित मिति: 2020/12/27

पुस १२, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको बताएका छन । चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए । उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए । प्रधानमन्त्री ओलीले सडकबाट टिपेर मन्त्रीहरू बनाइरहेको भन्दै भट्टराईले विरोध गरेका छन ।  

 

तपाईंको बिचार