Wednesday, January 27, 2021

कैलालीमा २ जना प्रहरी हत्याका मुख्य आरोपी पक्राउ

प्रकाशित मिति: 2020/12/28

१३ मङ्सिर कैलाली । कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या भएको थियो । उक्त घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सोमबार सार्वजनिक गरेको छ । केराउ तस्करी गरिरहेको बेला पक्राउ गर्न खोज्दा तस्करहरुको समूहबाट २ प्रहरीको हत्या भएको थियो । घटनाको २ महिनापछि कैलाली फूलबारीबाट राना पक्राउ परेका हुन् । घटनापछि मुख्य योजनाकार राना भारततर्फ भागेको प्रहरीको भनाइ छ । उनी आइतबारमात्र नेपाल प्रवेश गरेका थिए । मुख्य योजनाकार भनिएका राना यसअघि पनि अवैध ढङ्गबाट सामान तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करी गर्ने कार्यमा संलग्न रहेको बताईएको छ ।

तपाईंको बिचार