Saturday, January 16, 2021

सुनको भाउ तोलामा सात सयले बढ्यो

प्रकाशित मिति: 2020/12/28

१३ पुस, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आइतबार ९४ हजार दुई सयमा कारोबार भएको सुनको भाउ सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आजका लागि तेजाबी सुनको भाउ ९४ हजार चार सय रुपैयाँ तोकेको छ । आइतबार ९३ हजार ७ सय रुपैयाँमा तेजाबी सुन कारोबार भएको थियो । सोमबार चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको १३ सय १५ रुपैयाँ तोकिएको छ ।

 

तपाईंको बिचार