Thursday, January 28, 2021

आन्दोलन गर्न आएका उखु किसानको हृदयघातबाट निधन

प्रकाशित मिति: 2020/12/29

१४ पुस, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो । उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए । मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको चौधरीले बताए । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् । चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।

तपाईंको बिचार