महालक्ष्मी विकास बैंकको ७ करोड घोटालाका मुख्य आरोपित पक्राउ
पुस १४, ललितपुर । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले जानकारी दिए । उनका अनुसार ज्ञवाली सुन जाँचकी हुन् । ब्युरोले यस घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ । तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ परेका छन । बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो । रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो ।
तपाईंको बिचार