Wednesday, January 20, 2021

प्रधानमन्त्रीले निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी छ : योगेश भट्टराई

प्रकाशित मिति: 2020/12/29

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्दैछ, बाग्मती प्रदेशको हकमा भने काठमाडौंमा प्रदर्शनसहित जनसभा भइरहेको छ । सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सभा सञ्चालन गरिरहेका नेता भट्टराईले यो कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताए ।  

तपाईंको बिचार