Tuesday, January 26, 2021

दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष

प्रकाशित मिति: 2020/12/30

मंसिर १५,काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा   बस्ने स्थायी समिति बैठकले पहिलो चरणको संघर्षको विश्लेषण गर्दै दोस्रो चरणका कार्यक्रम तय गर्ने छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड माधव पक्षले पुस १४ गते देशभर विरोध प्रदर्शन गरेको थियो । पुस १४ को कार्यक्रममा उल्लेख्य सहभागिता भएपछि यो पक्ष उत्साहित बनेको छ । ओलीको कदमविरुद्ध गठित संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले पार्टी कार्यालय पेरिसडाँडामा १२ बजे स्थायी समिति बैठक बस्ने र ३ बजे संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद भंग गरेपछि नेकपाको मूलधारसहित अधिकांश राजनीतिक दल तथा नागरिक समाज आन्दोलनमा उत्रिएको छ ।

उनीहरुले ओलीको असंवैधानिक कदम सच्चिनुपर्ने एकमात्र माग राख्दै आन्दोलन थालेका हुन् । त्यसमा संसद पुर्नस्थापनाको माग अघि सारिएको छ ।

तपाईंको बिचार