Friday, January 22, 2021

राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रियसभा अध्यक्षको अपिल

प्रकाशित मिति: 2020/12/30

पुस १५, काठमाण्डौ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् ।  

बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए । तर यो अवधिभर राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सर्तकता अपनाउन उनले आग्रह गरेका छन् । १७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताए ।

संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानि अपनाउन आग्रह गरे ।

तपाईंको बिचार