Sunday, January 24, 2021

दुईसाता भित्रै नुवाकोट तारकेश्वरमा ३० लाखभन्दा बढिको सहयोग पुर्याईदै

प्रकाशित मिति: 2020/12/30

पुस १५, नुवाकोट । तारकेश्वरमा गुम्बा निर्माण, महिला समूहको भवन र दुई विद्यालयको पूर्वाधार विकासका लागि दुईसाता भित्रै ३० लाखभन्दा बढिको सहयोग प्रदान गरिने भएको छ ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी अबिरलको संयोजन तथा पहल र बोधिसत्व बिहारको सहयोगमा नुवाकोट तारकेश्वर १, दाङसिङ सिरानटोल स्थित रातोडाँडा गुम्बाको निर्माण सम्पन्न गर्ने, तारकेश्वर ४ दर्शनटार स्थित भूकम्पपछि भग्नावशेष बनेको गौरेश्वर प्राविको भौतिक पूर्वाधार निर्माण गर्ने, तारकेश्वर ३, तेर्सेपानी स्थित हस्तिकेशर प्राविलाई पूर्वाधार निर्माण एवं शैक्षिक सामग्री तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने र तारकेश्वर ६, भमरामा महिला समूहको भवन निर्माण गर्ने प्रयोजनका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।
गत साता नुवाकोट तारकेश्वर गाउँपालिकाको स्थलगत भ्रमणमा निस्किएको बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी नेतृत्वको टोलीमा समाजसेवीद्धय शिव अधिकारी र शान्त शर्माको टोलीले ५ वर्षदेखिको प्रयासका बाबजुत निर्माण हुन नसकेको र गत वर्ष पिलर मात्र ठड्याएर अलपत्र छाडिएको तारकेश्वर १, दाङसिङ सिरानटोल स्थित रातोडाँडा गुम्बाको निर्माण सम्पन्न गर्न तत्काल रु २ लाख नगद सहयोग प्रदान गर्दै गुम्बा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । 
त्यसै अवसरमा तारकेश्वर ४ दर्शनटार स्थित भूकम्पपछि भग्नावशेष बनेको गौरेश्वर प्राथमिक विद्यालयको निरीक्षण गरी स्थानीयसँगको हातेमालोमा आवश्यक पूर्वाधार निर्माण सहित विद्यालयलाई व्यवस्थित बनाई पठनपाठन सहज गराउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो । 
सोही टोलीद्वारा तारकेश्वर ३, तेर्सेपानी स्थित हस्तिकेशर आधारभूत विद्यालयको निरीक्षण गरी विद्यालयमा अध्यापनरत २ जना शिक्षकको पारिश्रमिक सहयोग गर्ने प्रतिबद्धता सहित विद्यालयलाई आवश्यक पर्ने टेबल, कुर्सी, दराज, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन लगायत सामग्री उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरिएको थियो । 
स्थलगत भ्रमणका क्रममा तारकेश्वर ६, भमरामा महिला समूहको भवन निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माणको चरणमा पुगेको जानकारी दिईयो ।
स्थानिय समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अबिरलले दुईसाता अघि तारकेश्वरको स्थलगत भ्रमण गरी प्रतिबद्धता जाहेर गरिएको ठाँउहरुमा छोटो समयमै काम सुचारु गर्नको लागि सहयोगको बातावरण श्रृजना गरिदिनुभएकोमा बोधिसत्व बिहारका सुप्रिम मास्टर हेगुवाङ सी लगायत बिहार परिवारप्रति धन्यबाद प्रकट गरेका छन ।
अधिकारीले आफ्नो समाजसेवको आक्रामक शैली निरन्तर जारी रहने पनि बताएका छन ।

 

तपाईंको बिचार