Saturday, January 23, 2021

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, सिता दाहालको स्वास्थ्य लाभको कामना

प्रकाशित मिति: 2020/12/31

पुस १६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि अस्पताल भर्ना भएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन । प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । पार्कीन्सन्सको समस्याले पीडित प्रचण्ड पत्नी सिता बुधबार मेडीसिटी अस्पताल भर्ना भएकी हुन । सितालाई फलोअपका लागि अस्पताल ल्याइएको र अव्जर्भेसनमा राखिएको अस्पताल स्रोतको भनाई छ  । सितालाई भेट्न अर्थमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ मेडिसीटी अस्पताल पुगेका थिए । पौडेल र नेम्वाङ पुग्दा प्रचण्ड अस्पतालबाट बाहिरिसकेका थिए ।

तपाईंको बिचार