ओलीले असंबैधानिक काम गरे, कांग्रेसले तत्काल बिरोध कार्यक्रम गर्दैन : देउवा
पुस १६, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरी अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन । उनले देशभरबाट ओलीको कदमबारे विरोध गरिएको पनि बताएका छन । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए । यो मुद्दा सर्वोच्च अदालतमा छ । अदालतमा मुद्दा विचाराधीन भएकोले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले अहिले आन्दोलन नगर्ने देउवाको भनाइ छ । अधिकारलगायत अधिकार कब्जा गर्न प्रधानमन्त्री ओली लागिपरेको देउवाको आरोप छ ।
तपाईंको बिचार