Saturday, January 23, 2021

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

प्रकाशित मिति: 2020/12/31

पुस १६, काठमाण्डौ । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो । किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो । उक्त निर्देशनपश्चात मनोज फरार थिए । उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो ।
यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १७ करोड तिर्न बाँकी छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

१ वर्षअघिको सम्झौता कार्यान्वयन नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा उत्रिएका थिए । सरकारसँग ४ बुँदै सहमति भएसँगै पुस १३ गते उनीहरूले आन्दोलन स्थगित गरेका थिए । सम्झौता भएको दिनेदेखि २१ दिनभित्र चिनी मिललाई भुक्तानीको लागि म्याद तोकिएको छ । समयभित्र नतिरे उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले वाचा दिएको छ ।

 

तपाईंको बिचार