Saturday, January 23, 2021

माघ ७ गते बागमती प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस

प्रकाशित मिति: 2021/01/01

पुस १७, काठमाण्डौ । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ । माघ ७ गते बैठक आह्वान गर्न आज बसेको प्रदेश मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस भएको छ । नेकपाभित्र केन्द्रमा देखिएको विवाद प्रदेशसम्म पुगेको छ ।
मुख्यमन्त्री पौडेललाई संसदीय दलबाट पनि हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको प्रचण्ड(नेपाल पक्षका नेकपा सांसदको भनाइ छ । मुख्यमन्त्री पौडेलले भने अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका छन ।

 

तपाईंको बिचार