Thursday, January 21, 2021

भारतले दियो दुई कोरोना भ्याक्सिनलाई अनुमति

प्रकाशित मिति: 2021/01/03

पुस १९, काठमाण्डौ । भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएका छन । सिरम इन्स्चिट्युड अफ इन्डियाको ’कोभिसिल्ड’ र भारत बायोटेकको ’कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो ।  सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो । गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो । भारतले आगामी  ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ । भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन ।

तपाईंको बिचार