Saturday, January 23, 2021

त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ

प्रकाशित मिति: 2021/01/04

२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर २ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । घटनाबारे अनुसन्धान जारी छ ।

तपाईंको बिचार