Sunday, January 24, 2021

प्रचण्ड नेपाल पक्षको अनेरास्ववियूले ग¥यो सरकारविरूद्ध आन्दोलन घोषणा

प्रकाशित मिति: 2021/01/05

पुस २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ । अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको छ । पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए । ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए ।

 

तपाईंको बिचार