Thursday, January 28, 2021

खानेपानी मन्त्री मणी थापालाई कालो झण्डा देखाए

प्रकाशित मिति: 2021/01/06

२२ पुस, काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड माधव समूहको अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो । जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका ४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।

प्रचण्ड माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अखिलले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको नेता सुरेन्द्र बस्नेतले बताए ।

तपाईंको बिचार