Wednesday, January 27, 2021

पार्टीको बैंक खाताबाट रकम निकालेको भन्नु हाँस्यास्पदः भीम रावल

प्रकाशित मिति: 2021/01/08

पुस २४, काठमाण्डौ । प्रचण्ड नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा सुदूरपश्चिम प्रदेशको बैंक खाताबाट रकम निकालेको भनेर आफूलाई लगाइएको आरोप हाँस्यस्पद रहेको बताएका छन ।

एउटा बैंकको रकम अर्को बैंकमा राख्न पाउने स्वभाविक प्रक्रियामा आफूलाई जोड्नु काल्पनिक र गलत रहेकोसमेत बताए । अश्लील गालीगलौजमा उत्रिएको समूहले यस्ता आरोप लगाउनु ठूलो कुरा नभएको समेत उनले बताए । नेकपा सुदूरपश्चिम प्रदेशको इन्चार्ज रहेका रावललाई ओली पक्षले हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । यस्तै प्रदेश अध्यक्ष कर्णबहादुर थापालाई तोकेको छ । थापाकै अध्यक्षतामा पुस २२ गते बसेको बैठकले रावललाई आर्थिक हिनामिनाको आरोपमा कारबाहीका लागि सिफारिससमेत गरेको छ ।

 

 

तपाईंको बिचार