माघ १ गते परराष्ट्र मन्त्री भारत जाने
पुुस २४, धनगढी । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभामा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमण बारे जानकारी दिएका हुन । सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले सीमा नाकाको अवस्था सुधार हुने बताए । केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका छैनन । कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन ।
तपाईंको बिचार