Saturday, January 23, 2021

स्वास्थ्यमन्त्री त्रिपाठीले गरे ५ जना निर्देशकको जिम्मेवारी हेरफेर

प्रकाशित मिति: 2021/01/11

२७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो । मन्त्रालय स्रोतका अनुसार कान्ति बाल अस्पतालको निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ । कान्ति बाल अस्पतालको जिम्मेवारीमा डा. आरपी बिच्छालाई दिइएको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।

 

तपाईंको बिचार