Saturday, January 16, 2021

पृथ्वी जयन्तीको अवसरमा निकालेको ¥यालीमा प्रहरीको धरपकड

प्रकाशित मिति: 2021/01/11

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको ¥यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ । बाजागाजासहित ¥यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो । केही समय धकेलाधकेल भएपछि ¥यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेका छन् । तर प्रहरीले रोक्न खोजेको छ ।

तपाईंको बिचार