Sunday, January 17, 2021

लाइसेन्सको परीक्षा थप पारदर्शी हुनुपर्ने ट्राफिकको माग, रोकिए परिक्षा

प्रकाशित मिति: 2021/01/11

२७ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको  छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको  छ ।प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै सोमबारबाट परीक्षाहरुमा ट्राफिक प्रहरीका प्रतिनिधि पनि खटाउन छाडेको छ । यसले गर्दा उपत्याकका लाइसेन्स कार्यालयले आज लिखित र प्रयोगात्मक परीक्षा लिन पाएनन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यसबारे सोमबार नै विभागसँग छलफल हुँदैछ । ‘सीसी टिभी क्यमेराबाट हुने निगरानी पनि बढाउने र पास(फेलको रेकर्ड अझै परादर्शी रुपमा आदानप्रदान गर्नेबारे विभागसँग छलफल हुन्छ,’ अधिकारीले भने,’यसो हुँदा कतै कसैबाट बदमासी हुन पाउँदैन, भइहाले कारवाही गर्ने सहज हुन्छ ।’ उनले लाइसेन्स कार्यालयसँग आफूहरुको मनमुटाव नरहेको र प्रक्रियालाई थप पारदर्शी गर्न मात्रै ध्यानाकर्षण गराइएको बताए ।

तपाईंको बिचार