Sunday, January 17, 2021

संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

प्रकाशित मिति: 2021/01/12

पुस २८, काठमाण्डौ । संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गर्ने भएका छन । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो ।
मंगलबार दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने आन्दोलनका संयोजक युग पाठकले बताए । सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ । संसद विघटनपछि विभिन्न तह तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए । २०६२,६३ को जनआन्दोलनताका पेशागत संघ संगठन शाही कदमको विरोध गर्दै प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा आन्दोलनमा निस्केका थिए ।

यसपटक प्रधानमन्त्री ओलीले सोही राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिनिधि सभा विघटन गरी ‘प्रतिगमन’तर्फ मुलुकलाई अग्रसर गराएको अगुवाहरूको बुझाइ छ ।

तपाईंको बिचार