Saturday, January 16, 2021

लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने

प्रकाशित मिति: 2021/01/12

पुस २८, काठमाण्डौ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ । यसको लागि सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । तयारी पूरा भए बिहीबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उनले जानकारी दिए । यसरी फारम भर्दा एकैपटक धेरैले भरे पनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने उनले बताए । यातायात व्यवस्था विभागले गत पुस १० गते  सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो । आवेदन खुला भए पनि कोटा सिस्टम अन्र्तगत फारम भर्नेको संङ्ख्या अधिक भएकोले अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए । विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन ।

 

तपाईंको बिचार