Tuesday, March 9, 2021

प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

प्रकाशित मिति: 2021/01/15

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमै त्रिभुवन आर्मीका विनोद भण्डारीले शतक बनाएका छन् । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् । उनी १ सय ११ रन बनाएर आउट भए । ७२ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए । प्रधानमन्त्री कपमा यो नवौं शतक हो । आर्मीका खेलाडीको दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाएका थिए ।

तपाईंको बिचार