नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु
२ माघ, काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा सुरु भएको छ । हैदरावाद हाउसमा तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकअघि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवाली भारतमा जानुभन्दा अगाडि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमासम्बन्धी विषयमा पनि बैठकमा छलफल हुने उल्लेख थियो । तर भारतले सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
तपाईंको बिचार