Thursday, March 4, 2021

संसद विघटनको मुद्दामा सुनुवाइ सुरु

प्रकाशित मिति: 2021/01/18

५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो । अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । संसद विघटनको मुद्दामा आइतबार न्यायाधीश र वकिलबीच सवाल जवाफ भएको थियो । सर्वोच्चले अब दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन बढी रिटहरु दायर भएका छन् ।

तपाईंको बिचार