Thursday, March 4, 2021

निर्वाचनका लागि ८ अर्ब खर्च हुने आयोगको प्रक्षेपण

प्रकाशित मिति: 2021/01/18

माघ ५, काठमाण्डौ । निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले प्रक्षेपण गरेको छ । आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको थियो । आइतबार नै आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनबारे छलफल सुरू गरिएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । सरकारले वैशाख १७ र २७ मा चुनावसमेत तय गरेको छ । तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे निरन्तर सुनुवाइ भइरहेको छ ।

तपाईंको बिचार